टीकापुर २३ फागुन । टीकापुर नगरपालिका वडा नम्बर १ मा रहेको कर्णाली सेवा समाजले मंगलबारआफ्ना सम्पूर्ण आजीवन सदस्य तथा कार्यसमितिका सदस्य त्यस्तैगरी सल्लाहकार एवं कर्णालीवासी हरुलाई होलिको शुभकामना आदानप्रदान गर्दै सो कार्यक्रम सम्पन्न भएको हो ।
समाजका अध्यक्ष मदन बहादुर रोकायाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख अतिथि समाजका सल्लाहकार सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता दयाराम संज्याल रहनु भएकाे थियाे ।
त्यस्तै समाजका उपाध्यक्ष दिपक बोगटिले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमका प्रमुख अतिथि समाजका सल्लाहकार सदस्य दयाराम संज्याल समाजका अध्यक्ष मदन रोकाया , समाजका आजीवन सदस्य मानबहादुर रोकाया लगायतले आफ्नो भनाइ राख्नु भएको थियो । 
कर्णाली सेवा समाजले कर्णाली तिर गाहिने देउडा खेलेर पनि रमाइलो गरीएको थियो । समाजको आफ्नो भवनमा सञ्चालन भएको उक्त कार्यक्रमको सञ्चालन समाजका सचिव वीरेन्द्र खड्काले गर्नुभएको थियो ।


















Discussion about this post