शुभारम्भ अनलाइन टि.भी.

विश्व सिकल सेल दिवसको अवसरमा टीकापुरमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम

4
SHARES
25
VIEWS

टीकापुर, कैलाली । विश्व सिकल सेल दिवस २०८३ को अवसरमा टीकापुर नगरपालिकाको आयोजनामा सिकल सेल रोगसम्बन्धी सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

“सिकल सेल रोगमा बाँच्ने अवसरको असमानता अन्त्य गरौं” भन्ने नारासहित आयोजित कार्यक्रममा सिकल सेल रोगको अवस्था, पहिचान, उपचार, रोकथाम तथा प्रभावित व्यक्तिहरूले भोगिरहेका समस्या र समाधानका उपायबारे छलफल गरिएको थियो।
कार्यक्रममा स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो।

सहभागीहरूले सिकल सेल रोगबारे जनचेतना विस्तार, समयमै परीक्षण तथा प्रभावकारी स्वास्थ्य सेवा पहुँचमा जोड दिएका थिए।
टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय अन्तर्गत जनस्वास्थ्य शाखाको आयोजनामा टीकापुर नगरपालिका सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित