शुभारम्भ अनलाइन टि.भी.

टीकापुरमा विश्वव्यापी रक्तदान कार्यक्रम, ९० जनाले गरे रक्तदान

8
SHARES
57
VIEWS

टीकापुर । कैलालीको टीकापुरमा आयोजित विश्वव्यापी रक्तदान कार्यक्रममा ९० जनाले रक्तदान गरेका छन्। WeLoveU International Foundation, टीकापुर शाखाको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाको प्राविधिक सहयोगमा टीकापुरकाे सिटी हलमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको एक समारोहका बीच उद्घाटन गरिएको थियो। कार्यक्रममा संघीय सांसद कमल ज्ञवाली, टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जे, कार्यपालिका सदस्य दीपक निशानी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा अतिथिहरूले रक्तदानको महत्वबारे शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

रक्तदान कार्यक्रममा ९० जना नागरिकले रक्तदान गरेका छन्। आयोजकले १५० भन्दा बढी नागरिकको सहभागिता रहने अपेक्षा गरेको भए पनि ९० जनाले रक्तदान गरेको जनाएको छ।

नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाका अनुसार कार्यक्रममा संकलन भएको रगतले टीकापुर क्षेत्रमा देखिएको करिब एक महिनासम्मको रगत अभाव टार्न सहयोग पुग्नेछ।

रक्तदान जीवन बचाउने महत्वपूर्ण मानवीय कार्य भएकाले स्वस्थ नागरिकलाई नियमित रूपमा रक्तदान गर्न आयोजकले आग्रह गरेको छ।

एक थोपा रगतले कसैको जीवन बचाउन सक्छ। रक्तदान गरौँ, जीवन बचाऔँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित