शुभारम्भ अनलाइन टि.भी.

सरकारी अस्पतालको ३ सय मिटरभित्र निजी स्वास्थ्य संस्था निषेध

5
SHARES
38
VIEWS

कैलाली — सुदूरपश्चिम प्रदेश सरकारले सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य संस्थाको आसपास सञ्चालनमा रहेका निजी स्वास्थ्य व्यवसायसम्बन्धी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ।

सामाजिक विकास मन्त्रालयले स्वास्थ्य निर्देशनालय, डोटीलाई पत्र पठाउँदै सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य संस्था परिसरको तीन सय मिटर वरिपरि निजी अस्पताल, पोलिक्लिनिक, क्लिनिक, नर्सिङ होम, प्रयोगशाला लगायत स्वास्थ्यसम्बन्धी निजी व्यवसाय सञ्चालन गर्न नपाइने व्यवस्था कार्यान्वयन गर्न सख्त ताकेता गरेको हो।

मन्त्रालयले सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन, २०७६ को दफा २७ को उपदफा (१) मा रहेको उक्त व्यवस्थालाई कार्यान्वयन गर्न यसअघि पनि निर्देशन दिइएको जनाएको छ।
मन्त्रालयका अनुसार यसअघि पठाइएको पत्र र ‘निजी अस्पताल तथा स्वास्थ्यसम्बन्धी व्यवसाय स्थापना मापदण्ड, २०७९’ समेतका आधारमा निर्देशनालयलाई ऐन कार्यान्वयनका लागि निर्देशन दिइएको थियो। तर, उक्त व्यवस्था कार्यान्वयन भएको नदेखिएपछि पुनः पत्राचार गरिएको हो।
मन्त्रालयले ऐनको दफा २७ तथा निजी अस्पताल तथा स्वास्थ्यसम्बन्धी व्यवसाय स्थापना मापदण्ड, २०७९ मा रहेको व्यवस्था तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ।

‍सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत दानबहादुर सुनारले हस्ताक्षर गरेको पत्रको मिति २०८३ असोज १३ गते रहेको छ।
यस निर्देशनसँगै सरकारी स्वास्थ्य संस्थाको तीन सय मिटर आसपास सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्था तथा प्रयोगशालाहरूको व्यवस्थापनबारे प्रदेश सरकारले अब कस्तो कदम चाल्छ भन्ने विषय चासोको बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित