शुभारम्भ अनलाइन टि.भी.

बाढी प्रभावित ७ परिवारलाई टोल विकासको राहत

5
SHARES
37
VIEWS

टीकापुर, असोज २३ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीबाट प्रभावित टीकापुरका सात परिवारलाई नारायणपुर वडा स्तरीय टोल विकास संस्था सञ्जालले राहत सामग्री वितरण गरेको छ।

टीकापुर नगरपालिका–६ मा रहेको सञ्जालअन्तर्गतका नौवटा टोल विकास संस्थाको सहयोगमा टीकापुर नगरपालिका–५ का पाँच परिवार र वडा नं. १ को ज्योतिनगरका दुई परिवारलाई राहत सामग्री प्रदान गरिएको हो।

सञ्जालकी अध्यक्ष आशा कुश्मीको संयोजकत्वमा वितरण गरिएको राहतमा प्रत्येक परिवारलाई एक क्विन्टल चामल, पाँच किलो नुन र पाँच लिटर तेल उपलब्ध गराइएको छ।

राहत वितरण कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष बलवीर चौधरी, सहकर्मी समाज टीकापुरका सामुदायिक प्रशिक्षक करुणा कोइराला र अनुप चौधरीको उपस्थिति रहेको थियो।

विपद्का कारण समस्यामा परेका परिवारलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले स्थानीय टोल विकास संस्थाहरूको सहकार्यमा राहत वितरण गरिएको हो। दुःखमा परेका नागरिकलाई सहयोग गर्न स्थानीय समुदायले देखाएको यो पहलले आपसी सहयोग, सद्भाव र मानवीय एकताको सन्देश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित