टीकापुर, ७ असोज । नेपाली कांग्रेस टीकापुर नगर समितिको सभापतिमा जनकराज तिमिल्सिना निर्विरोध निर्वाचित हुनुभएको छ।
आज सम्पन्न निर्वाचनबाट तिमिल्सिनासहित नगर कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
नगर समितिको उपसभापतिमा मालती देवी साउँद र लालकेश उपाध्याय, सचिवमा दीपक राज खनाल तथा सहसचिवमा मिठ्ठुबहादुर बोहरा निर्वाचित हुनुभएको छ।
निर्वाचनबाट ३० सदस्यीय टीकापुर नगर कार्यसमितिसमेत गठन भएको निर्वाचन समितिले जनाएको छ।



















Discussion about this post