चैत्र १४ शनिबार २०८२
गोपाल जंग थापा
ललिलपुरको एकान्तकुनामा अवस्थित आधारशिला एकेडेमीमा कक्षा १० र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई बिदाइ गरिएको छ । कक्षा ९ ले कक्षा १० र कक्षा ११ का विद्यार्थीहरुले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी शुक्रबार बिदाइ गरेका हुन् ।
कार्यक्रममा बोल्दै एकेडेमीका प्राचार्य गणेश गिरीले कक्षा १० र १२ का विद्यार्थीहरुलाई आउदै गरेको बोर्ड परीक्षामा उत्कृष्ट अंक ल्याउनेमा आफू ढुक्क रहेको उल्लेख गरे । मिलन र विछोड एक सामान्य प्रक्रिया भएकाले हरेक व्यक्तिको मेहनेतले नै उसको सफलता निर्धारण गर्ने भएकाले सदैव कडा परिश्रम र असल कर्ममा ध्यान दिन सुझाव दिए ।
कार्यक्रममा एकेडेमीमा कार्यरत शिक्षकहरु गणेश बुढा, विशाल पाण्डे, सुष्मा रेग्मि, विवश लामाले शुभकामाना मन्तव्य राखेका थिए । सो अवसरमा विद्यार्थीहरुले विविध सांगितिक प्रस्तुती समेत देखाएका थिए ।




















Discussion about this post