शुभारम्भ अनलाइन टि.भी.

ओली पक्राउविरुद्ध उग्र आन्दोलन नगर्न एमाले नेता प्रकाश खड्काको आग्रह, कानुनी बाटो अपनाउन सुझाव

22
SHARES
157
VIEWS

नेकपा एमालेका नेता प्रकाश खड्का ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को गिरफ्तारीविरुद्ध सडक आन्दोलन गर्नु अघि गम्भीर रूपमा सोच्न आग्रह गर्नुभएको छ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भावनामा बगेर गरिने उग्र आन्दोलनले पार्टीलाई थप कमजोर बनाउने खतरा रहेको बताउनुभयो। अहिले बीउको रूपमा रहेको एमाले संगठनलाई यस्ता गतिविधिले झन् कमजोर पार्न सक्ने उहाँको भनाइ छ।
खड्काले सडक आन्दोलनका क्रममा प्रहरीमाथि ढुंगा हान्ने, सवारी साधन तोडफोड गर्ने तथा आगजनीजस्ता गतिविधिले पार्टीको छवि बिगार्ने मात्रै काम गर्ने उल्लेख गर्नुभयो। यस्ता कार्यले जनताको विश्वास जित्ने होइन, गुमाउनेतर्फ लैजाने उहाँको तर्क छ।
उहाँले समस्याको समाधानका लागि कानुनी बाटो अपनाउनु नै उचित हुने बताउँदै अदालतमार्फत सत्य र न्यायका पक्षमा लडेर निर्दोषता प्रमाणित गर्नु सबैभन्दा प्रभावकारी उपाय हुने धारणा राख्नुभयो।
साथै, जनताको मन जित्ने सकारात्मक काम गर्दै आगामी निर्वाचनमा बहुमत ल्याउने लक्ष्यमा केन्द्रित हुनुपर्ने उहाँले जोड दिनुभयो। आन्दोलनको नाममा संगठनलाई कमजोर बनाउने गतिविधि पार्टीका लागि घातक हुने उहाँको निष्कर्ष छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित