शुभारम्भ अनलाइन टि.भी.

हत्याको विरोधमा एमालेकाे राँके जुलुससहित प्रदर्शन

5
SHARES
39
VIEWS

धनगढीः कैलालीको अत्तरियामा नेकपा एमालेले प्रदर्शन गरेको छ। एमालेले राँके जुलुससहित प्रदर्शन गरेको हो।

शुक्रबार साँझ एमालेले बाजुरामा आफ्नौ विद्यार्थी संगठन अनेरास्ववियुका नेता चेतन अयडी, बैतडीमा माया लुहार र धनगढीमा विद्यार्थी चेतना साउँदको हत्या गरिएको विरोधमा राँके जुलुससहित प्रदर्शन गरेको बताएको छ।

उनीहरुले नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार रहेका बेला हत्याका घटना बढेको भन्दै प्रदर्शन गरेका हुन। राँके जुलुससहित एमालेका नेता कार्यक्रताहरुले अत्तरिय बजारमा प्रदर्शन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित