शुभारम्भ अनलाइन टि.भी.

सिराहामा माओवादी कार्यकर्ता काे प्रदर्शन, पूर्व-पश्चिम राजमार्ग बन्द

4
SHARES
32
VIEWS

प्रकाशित शनिबार, १० मंसिर , २०७९

नेकपा (माओवादी केन्द्र) कार्यकर्ताले पूर्व-पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा सडक अवरूद्ध गरी प्रदर्शन गरिरहेको छन्।

सिरहा क्षेत्र नम्बर ३ मा निर्वाचित भएपछि एमालेका लीलानाथ श्रेष्ठसहितको विजय र्‍यालीमा सहभागी कार्यकर्ताहरूले शुक्रबार साँझ निकटतम् प्रतिद्वन्द्वी माओवादीका विश्वनाथ साहका दाइ शिवनाथ साहको घरमा ढुंगामुढा गरेको विरोधमा गए रातीदेखि माओवादी कार्यकर्ताले सडक अवरूद्ध गरेका छन्।

राती करिब १० बजेपछि प्रहरीले बाटो खुलाएको थियो। एमाले कार्यकर्ताले ढुंगामुढा गर्दै झ्यालको सिसा फुटाउनुका साथै त्यसो नगर्न आग्रह गरेका स्थानीय ४३ वर्षीय श्रीचन साहलाई कुटपिट गरी टाउको फुटाएको माओवादी कार्यकर्ताको आरोप छ।

टाउकोमा चार वटा टाँका लगाइएका साहको अहिले गोलबजारस्थित लाइफ लङ अस्पतालमा उपचार भइरहेको छ।

नवनिर्वाचित सांसद श्रेष्ठले माफी माग्नुपर्ने र दोषीलाई पक्राउ गर्नुपर्ने प्रदर्शनकारीको माग छ। घटनाको विरोधमा माओवादी कार्यकर्ताहरूले बजारसमेत बन्द गराएका छन्। तथापी गाडीहरू स्कटिङ गरेर पास गराइने गरिएको सिरहाका डिएसपी सुवास बुढाथोकीले सेतोपाटीलाई जानकारी दिए।

सडक खुलाउन एमाले, माओवादी र स्थानीय प्रशासनबीच वार्ताको तयारी भइरहको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित