टीकापुर ८ मंसिर / निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत कैलाली क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रन्जिता श्रेष्ठ ३०४०४ मत ल्याई विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई १२३२३ मतान्तरले पराजित गरेकी हुन् । पराजित रामजनम चौधरीले १८०८१ मत ल्याएका छन् ।
कैलाली जिल्ला सुदूरपश्चिम प्रदेशमा पर्छ । यहाँको कुल जनसंख्या ७६६६५९ रहेको छ । यस जिल्लामा कुल ५३५५१४ मतदाता रहेका छन् जसमा २६१६२० जना पुरुष छन् भने २७३८८३ जना महिला छन् । यस जिल्लामा ५ वटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्र रहेका छन् । प्रदेशसभाको निर्वाचन क्षेत्र १० रहेका छन् ।
नागरीक उन्मुक्ती पाटी प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत कैलाली क्षेत्र नं १ मा ३०४०४ मत ल्याई अत्याधिक मतले बिजयी भएको छ । नगरीक उन्मुक्ती पाटीका अध्यक्ष रञ्जीता श्रेष्ठ ले प्रतिनिधी सभा सदस्यमा उम्मेद्धवार दिएकी यस निर्बाचनमा अत्याधीक बहुमतले बिजय हुनुभएको छ । नागरिक उन्मुक्ती पाटीका प्रवक्ता समेत रहनुभएका .दामोदर पण्डित को भनई यो छ कि नागरीक उन्मुक्ती पाटी कुनै थारुको मात्रै नभई सबै नेपाली नगरीक को उत्थानको र उन्मुक्तीको लागी स्थापीत पाटी हो । यो पाटी राष्टिय पाटीको रुपमा अगाडी बढिरहेको छ । उनले उदाहरण का साथमा यसरी दाबी गर्नुभयो , म आफै थारु होईन तर सबै को हित र .कम्जोर तथा राज्य बाट दबिएका नागरीका को उत्थानका लागी यो पाटी जन्मिएको छ । यस नागरिक पाटीका एजेन्डा समेत रहेकाे, टीकापुर क्षेत्रलाई विकास मा तिब्रता दिने र भुपु माननिय रेशमलाल चौधरी को ससम्मान रिहाई को माग गरि अगाडी बढीरहेको छ ।




















Discussion about this post