शुभारम्भ अनलाइन टि.भी.

व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने

11
SHARES
79
VIEWS

टीकापुर, ९ पुस । व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइन : आन्तरिक राजस्व विभाग
काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक विधेयक २०८१ मार्फत आयकर ऐन, २०५८ मा गरिएको व्यवस्थालाई कार्यान्वयनमा ल्याउँदै व्यावसायिक कारोबारबाट प्राप्त रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न नपाइने स्पष्ट पारेको छ।
विभागद्वारा जारी सार्वजनिक सूचनाअनुसार आयकर ऐन, २०५८ को दफा ८१ क बमोजिम कुनै पनि व्यक्ति, फर्म वा व्यवसायीले आफ्नो व्यापार–व्यवसायबाट प्राप्त नगद, चेक, क्युआर कोड तथा अन्य विद्युतीय माध्यमबाट आएको रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न नपाउने व्यवस्था गरिएको छ। यस्ता सबै कारोबार अनिवार्य रूपमा व्यवसायिक बैंक खातामार्फत सञ्चालन गर्नुपर्ने उल्लेख छ।
उक्त कानुनी व्यवस्था उल्लङ्घन गरी व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गरेको पाइएमा आयकर ऐन, २०५८ को दफा ११९ को उपदफा (३) दफा ८१ अनुसार कारबाही हुने विभागले जनाएको छ। सो अनुसार प्रत्येक पटकको उल्लङ्घनमा रु. ५,००० (पाँच हजार) वा कुल कारोबार रकमको २ प्रतिशत, जुन बढी हुन्छ, त्यही बराबरको रकम जरिवानाका रूपमा असुल गरिनेछ।
आन्तरिक राजस्व विभागले कर प्रणालीलाई पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाउन यस्तो व्यवस्था गरिएको जनाउँदै सबै करदाता तथा व्यवसायीलाई कानुनी प्रावधानको पूर्ण पालना गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित