टिकापुर । क्रिश्चियन धर्मावलम्बीहरूको महान पर्व क्रिसमसको तयारीस्वरूप कैलालीको टिकापुरमा प्रभात र्याली सम्पन्न गरिएको छ। कृष्टे एकता समाज, टीकापुरको आयोजनामा आज बिहान ८ बजे टीकापुरबाट सुरु भएको प्रभात र्याली टीकापुर आसपासका विभिन्न छ पालिमा गरिएको थियाे।
प्रभात र्याली टीकापुरबाट सुरु भई जानकी गाउँपालिका, लम्कीचुवा नगरपालिका, बर्दगोरिया गाउँपालिका, जोशीपुर गाउँपालिका हुँदै भजनी नगरपालिका परिक्रमा गरी पुनः टीकापुरमा आएर सम्पन्न भएको हाे।
र्यालीमार्फत क्रिसमस पर्वको सन्देश फैलाउँदै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी प्रेमको भावना अभिव्यक्त गरिएको आयोजकले जनाएका छन्। र्यालीलाई टीकापुरमा शोभायात्राका रूपमा परिणत गर्दै सामाजिक सेवा तथा क्रिश्चियन समाजमा उल्लेखनीय योगदान पुर्याएका विभिन्न छ जनालाई सम्मान समेत गरिएको थियो।
कार्यक्रमका संयोजक मङ्गल चौधरीका अनुसार सम्मानित व्यक्तिहरूले समाजसेवा, मानवता र समुदायको विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएकाे हुनाले सम्मान गरिएको थियो ।
प्रभात र्यालीसँगै क्रिसमस पर्वको शुभकामना आदान–प्रदान गर्दै सहभागीहरूले क्रिसमस पर्वले समाजमा शान्ति, प्रेम, सहकार्य र भाइचारा अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन्।



















Discussion about this post