शुभारम्भ अनलाइन टि.भी.

कार्य छोड्ने र काम चोर्ने कर्मचारीलाई ‘ई–हाजिरी’ले अब ठिक्क पार्ने”

39
SHARES
277
VIEWS
oplus_0

टीकापुर–२३ कात्तिक / टीकापुर नगरपालिकाले पहिलोपटक ई–हाजिरी प्रणाली लागू गरेसँगै मनलाग्दी रूपमा हाजिरी छोड्ने, समयमा नआउने र कार्यालयीन जिम्मेवारीबाट पन्छिने प्रवृत्ति नियन्त्रणमा आउने देखिएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालका अनुसार ई–हाजिरी पूर्णरूपमा सञ्चालनमा आएसँगै कर्मचारीहरूको उपस्थिती, समयपालन र कार्यसंस्कृतिमा उल्लेख्य सुधार आउनेछ। अनलाइन प्रणालीमार्फत दैनिक उपस्थिती स्वतः अभिलेख हुने भएकाले अब हाजिरी नभरि फुत्किने अवस्था समाप्त हुने बताउनुभएको छ ।

प्रमुख प्रशासकीय अधिकृत धितालले नगरको प्रशासनिक कामलाई चुस्त र जिम्मेवारीपूर्ण बनाउन ई–हाजिरी महत्वपूर्ण कदम भएको बताउनुभयो। उहाँका अनुसार, कार्यालयमा बिताएको समयदेखि लिएर कार्यसम्पादनको मुल्यांकनसम्म सबै कुरा अब सजिलै अनुगमन गर्न सकिनेछ ।

नगरपालिकाले सामान्य लयतर्फ ल्याउन र पारदर्शीता कायम गर्नका लागि धेरै ठूलो काम नगरी स-साना कामबाट अगाडि बढ्न सकिने र स-साना कामहरू सुधार गर्दै अगाडि जाँदा नगरपालिका लयमा जान सक्नेमा स्थानीय बासीहरुले आशा गरेका छन् ।

अब कार्यालय प्रमुखदेखि सामान्य कर्मचारीसम्म सबैको उपस्थिती एउटै अनलाइन सिस्टममार्फत हेर्न मिल्ने भएकाले कामचोरी र लापरबाहीलाई “ई–हाजिरीले नै ठिक्क पार्ने” अपेक्षा गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित