टीकापुर — सुकुम्बासी समस्या समाधानका लागि टीकापुरमा आयोजित बृहत अन्तरक्रियामा सुकुम्बासी अगुवा रणबहादुर विकले महत्वपूर्ण दाबी गरेका छन्।
उनका अनुसार क्याम्पसको नाममा लालपुर्जा जारी हुनुअघि नै सो क्षेत्रमा सुकुम्बासी बस्ती बसिसकेको थियो। उनले भने, “हामी त्यहाँ पहिले बसिसकेका थियौँ, क्याम्पसको लालपुर्जा त पछि आएको हो।”
विकले सुकुम्बासीको अधिकारको सुनिश्चितता गर्दै भूमिको न्यायपूर्ण व्यवस्थापन गर्न आग्रह गरे। कार्यक्रममा भूमि आयोग, सुकुम्बासी आयोग, स्थानीय सरोकारवाला, सुरक्षा निकायलगायतको उपस्थिति थियो।



















Discussion about this post