शुभारम्भ अनलाइन टि.भी.

डडेल्धुरामा मुख्यमन्त्री बसेको मञ्च ढलेपछि मानिसकाे भागाभग

5
SHARES
36
VIEWS

भाद्र , २० डडेल्धुरा । डडेल्धुरामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह प्रमुख अतिथि रहेको एक कार्यक्रमको मञ्च ढलेपछि भागाभाग भएको छ।

बुधबार डडेल्धुरा बहुमुखी क्याम्पसको २८ औं वार्षिकोत्सव कार्यक्रमको मञ्च अचानक ढलेपछि भागाभाग परेको हो।

स्टेजमा मुख्यमन्त्री शाहसँगै माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता खगराज भट्ट, प्रदेशसभा सरस्वती खड्का, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने, सुरक्षा निकायका प्रमुख, जिल्लास्थित राजनीतिक दलका प्रमुख लगायत रहेका थिए। मञ्च भत्किएर चोट भने कसैलाई लागेको छैन। मञ्च भत्किएपछि केही समय कार्यक्रम स्थगित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित