टीकापुर २२ जेठ । मानिस स्वस्थ रहनका लागि सुर्ती मद्यपान तथा लागूपदार्थको सेवन राेक्ने उद्देश्यका साथ आइतबार प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रको आयोजनामा एक अन्तर्क्रिय कार्यक्रम टीकापुरमा सम्पन्न भएको छ ।
टीकापुर नगरपालिका स्वास्थ्य प्रवर्धन उपशाखाको सहकार्यमा भएको उक्त कार्यक्रममा प्रादेशिक स्वास्थ्य प्रवर्धन केन्द्रका प्रमुख होमराज खड्का लगायत सम्पूर्ण सरोकारवाला संस्थाका प्रमुख तथा प्रतिनिधि त्यसैगरी जनप्रतिनिधिहरुकाे सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा सहभागीहरुले आफ्नो भनाई राख्दै लागु औषध तथा दुर्व्यसन रोक्न विभिन्न संचारमाध्यम र सरोकारवाला व्यक्तिहरुबाट यसको रोकथामको प्रयास गर्नुपर्ने बताइएको छ ।

















Discussion about this post