मंसिर ११ आईतवार टीकापुर :कैलालीको टीकापुरमा खानेपानी सरसफाइ सप्ताह शुभारम्भ भएको छ। स्वच्छ घर ,स्वच्छ वातावरण , स्वच्छ जीन्दगानी, हाम्रो गाैरब, हाम्रो पाैरख, हाम्रो खानेपानी भन्ने मुल नाराका साथ उक्त कार्यक्रम गरिएको छ। उक्त कार्यक्रमको उद्घाटन सुदृरपश्चिम प्रदेशस सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डा:रण बहादुर रावले गरेका हुन । उक्त उद्घाटन कार्यक्रममा बोल्दै मन्त्रीले रावले फोहर लाई मोहरमा मा परिणत गर्न नयाँ आधुनिक प्रविधि अपनाउनु पर्ने बताएका छन। फोहर लाई मोहर बनाउन एक उद्योगनै तयार गर्न सकिने मन्त्रीले बताएका हुन। पालिकाका हरेक गल्ती गल्ती चोक चोकमा फोहरका थुप्रो देखिने गरिएको छ। यश तर्फ स्थानीय सरकारलेले पनि ध्यान दिनु पर्ने सुझाब दिएका छन। मानिसलाई रोग लाग्ने भनेको धेरै पानी बाट पानी लाई स्वच्छ बनाउन सके मात्र जिन्दगी स्वच्छ हुने मन्त्रीले बताएका हुन।उक्त कार्यक्रममा टीकापुर नगरपालिका वडा नं:१ का वडा मोहन विकले एक्लै वडाले केहि गर्न नसकिने यसमा सबैले हातेमालो गरेर अगाडि बढ्नु पर्ने बताएका छन। अध्यक्ष विकले आगामी दिनमा फोहरमैला व्यवस्थापन गर्न एउटा गुरु योजना बनाएर अगाडि बड्ने बताएका छन। वडाले काम गर्दा गर्दै पनि कहिले काहीँ केही काम कार्य तर्फ ध्यान नगएको हुन सक्छ , वडाको ध्यानाकर्षण गराउन पनि विभिन्न संघसंस्थाले बेला बेला घच्घच्याउनु पर्ने बताएका छन। वडाको फोहरमैला व्यवस्थापन गर्न आफू पनि लागिरहेको बताएका छन। यसका साथै वर्तमान
टीकापुर साना शहरि खानेपानी उपभोक्त तथा सरसफाइ संस्थाका अध्यक्ष नरेश कुमार खत्री

ले शुद्ध पानीको उपभोग गर्न पाउनु नागरिकको कर्तब्य हो। एक्लै पालिकाले कुनै संस्थाले गरेर फोहरमैला व्यवस्थापन गर्न नसकिने बताएका छन ।एक सप्ताह व्यापि अभियान सुर गरेर जनसमुदायले चेतना जगाउनका लागी यस्तो कार्यक्रम गरेको जनाएका छन । उक्त कार्यक्रममा मार्फत विभिन्न पालिकाका वडामा रहेका टोलहरू लाई सरसफाइ सामाग्री वितरण पनि गर्ने बताएका छन। यसका साथै उक्त टीकापुर खानेपानी सरसफाइ सप्ताह २०७९ प्रभात फेरि र्याली खानेपानीको कार्यालयबाट सुरू भई टीकापुर उद्योग वाणिज्य संघको कार्यालयल हुँदै भानुचोक, खड्क चोक हुँदै टीकापुर अस्पताल बाट फेरि खानेपानी कार्यालय सम्म गरिएको थियो। उक्त कार्यक्रम मंसिर ११ गते बाट सुरू भई १४ गते सम्पन्न गरिने भएको हो। उक्त कार्यक्रमको सञ्चालन खानेपानी संथाका सदस्य
भानुभक्त जोशीले गरेका थिए भने कार्यक्रमको स्वागत मन्तब्य सचिव मनिष बताएरले गरेका हुन। उक्त कार्यक्रमकमा विभिन्न राजनिती दलका प्रतिनीहरू , पत्रकार ,सुरक्षाकर्मी ,विद्यार्थीहरू उपस्थिति रहेका थिए
रिपोटीङ ः रोशन रसाईली , टीकापुर



















Discussion about this post