शुभारम्भ अनलाइन टि.भी.

भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजको ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट

4
SHARES
32
VIEWS
uf}tda'4 cGt/f{li6«o ljdfg:ynsf] 6ld{gn ejg e}/xjf, !& kmfu'gM ?kGb]xLsf] e}/xjf lgdf{0f ul/Psf] uf}tda'4 cGt/f{li6«o ljdfg:ynsf] 6ld{gn ejg . oflGqs k/LIf0f p8fg ;DkGg ePsf] of] ljdfg:yndf cfufdL h]7 @ ut]b]lv Jofj;flos p8fg ;'? x'Fb}5 . tl:a/M l;aL clwsf/L÷/f;;

सरकारले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको निर्देशनपछि शुक्रबारबाटै कार्यान्वयन गर्न पत्र पठाइएको नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

पर्यटन क्षेत्र पुनरूत्थान कार्य योजना, २०७९ अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सबै अन्तर्राष्ट्रिय उडानमा ल्यान्डिङ, पार्किङ, नेभिगेसन र सुरक्षा लगायतका शुल्कमा दिइएको शत प्रतिशत छुटलाई निरन्तरता दिइने भनिएको छ।

त्यस्तै ग्राउन्ड ह्यान्डलिङ शुल्कमा निश्चित प्रतिशतसम्म छुट दिइने व्यवस्था गरिएको हो।

सोही अनुरूप, विमानस्थल सेवा शुल्क नियमावली- २०७८ बमोजिम गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने सबै वायुयानहरूलाई अर्को निर्णय नहुँदासम्म ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्कमा ५० प्रतिशत छुट हुने प्राधिकरणले जनाएको छ।

ग्राउन्ड ह्यान्डलिङ व्यवस्थापन जिम्मेवारी नेपाल वायु सेवा निगमले पाएकाले यो निर्णय कार्यान्वयन गर्न बिहीबारै निगमलाई पत्र पठाइएको पनि प्राधिकरणका सूचना अधिकारी भुलले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित