शुभारम्भ अनलाइन टि.भी.

आखिर किन आफ्नो परिवार सखाप पारे दिनेशले ? यस्तो छ प्रहरीको अनुसन्धान रिपोट

8
SHARES
58
VIEWS

काठमाण्डौ १८ श्रावन -प्रहरी अधिकृतहरूका अनुसार तारकेश्वर नगरपालिका–२, काभ्रेस्थलीमा परिवारका तीन सदस्यको हत्यापछि दिनेश पाण्डे स्वयम्ले आत्महत्या गरेको विषयमा अब कुनै शंका नरहेको जानकारी आयको छ ।
यो निष्कर्षका लागि प्रहरीले पाण्डेले लेखेको ‘लामो सुसाइड नोट’लाई प्रमुख आधार मानेको छ । घरमा अन्य व्यक्तिको प्रवेश नहुनु, दिनेशले झुण्डिने प्रयास गरेको संकेत देखिनु र घटनामा प्रयोग भएका हतियार पनि त्यहीँ बरामद हुनुले पनि हत्यापछि आत्महत्या भएकै विषयलाई थप पुष्टि गराउने प्रहरी बताउँछ ।

‘हत्यापछि आत्महत्याको भन्ने विषयमा त्यति धेरै शंका रहेन, काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनाली भन्छन । घटनामा शंकास्पद पाटो सकिएको भन्दै जघन्य प्रकृतिको अपराध अनुसन्धानमा खटिने उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि यसको जाँचबाट बाहिरिएको छ । तर घरभित्र बरामद भएको दिनेशले लेखेको ‘सुसाइड नोटले चाहिँ केही प्रश्नहरु जन्माएको छ, जसको उत्तरको खोजीमा अनुसन्धान अधिकृतहरु लागि परेका छन ।


प्रहरी स्रोतका अनुसार सुसाइड नोटको सुरुवातमा पाण्डेले श्रीमती सुनितासँग राम्रो सम्बन्ध नभएको उल्लेख गरेका छन । ‘मलाई सबैले हेला गरे, विदेशमा कमाएको सम्पत्ति पनि हडप्न खोजे’ उनले भनेका छन, ‘तिमीले पनि मलाई कहिल्यैै माया गरेनौं, सँगै खाना नखाएको पनि महिनौं भयो । तिमीले कहिल्यै मलाई बुझेनौं ।’

 

उनले आफूले ‘जे भयो भयो भन्ने सोच राखेर घरमा आउँदा पनि ढोका थुनेर बस्ने गरेको गुनासो गरेका छन । उनले आफू नरहे पनि ‘तिम्लाई सधैँ माया गर्छु’ भनेर पनि लेखेकाले यो नोट लेख्न थालेका बेला दिनेशले आफूले मात्र आत्महत्या गर्ने मनसाय बनाएको हुनसक्ने देखिएको प्रहरी अधिकृतहरु बताउँछन ।

समाचार स्रोत ओनलाइन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित