
धनगढि १७ श्रावन
यज्ञराज सिम्खाडा
जनपत्रकार संगठन कैलालीको जिल्ला सम्मेलन आज धनगढी सम्पन्न भएको छ । उक्त सम्मेलनमा जनपत्रकार संगठन का केन्द्रिय सदस्य धिरज बि.क प्रमुख अतिथि हनुभयको सो सम्मेलनमा जनपत्रकार संगठनका सुदुरपश्चिम प्रदेस सदस्य भरत दाशले सञ्चालन गर्नु भयको थियोे ।
उक्त कार्यक्रममा लाल बहादुर कुबेर ,सरोज चौधरी , धनगढी नगर इन्चार्ज मन नेपाली , धनगढी नगर सचीव लागयत को सहभागी रहेको थियो । सो सम्मेलबाट अध्यक्ष पृथ्वी लुवार लगाएत नौ सदस्यीय समिती चएन भएको हो । उपाध्यक्षमा अशोक अछामी ( रोबट) सचीवमा प्रेम बोगटी ,कोषाअध्यक्षमा सुन्दरि चौधरी (सुमन ), सदस्यमा सुशील मलासी ,सियाराम राना , बिरेन्द्र सिह पार्की, प्रबिन बडायक, खुस्बु राना चएन हुनुभएको हो ।
सो कार्यक्रममा बोल्दै धनगढी नगर सचीव मन नेपालीले जनयुद्ध देखि अहिलेसम्म पत्रकारले गर्दा विभिन्न परिवर्तन मा सहज भयको जान्कारी दिनु भको छ । सो कार्यक्रमका अतिथि सरोज चौधरी ले पनि पत्रकार बिना परिवर्तन असम्भव हुने भन्नुभएको छ ।
अर्का अथिती लाल बहादुर कुबेर ले पनि परिवर्तन गर्न र बैज्ञानिक समाज निर्माण गर्न अग्रणी भुमिका पत्रकारको नै रहेको बताउनु भएको छ । साथै प्रमुख अतिथी धिरज बि क ले पनि जनयुद्ध देखि अहिलेसम्म विभिन्न क्षेत्रमा हरेक परिस्थिति संग सामना गर्दै पत्रकारियता गरेको र सत्य र परिवर्तन को लागि निडर भयर कलम चलायको र अझै पनि निरन्तर चलिरहने जानकारी दिनु भको छ ।

















Discussion about this post