शुभारम्भ अनलाइन टि.भी.

वीरेन्द्र विद्या मन्दिर क्याम्पस व्यवस्थापन समिति अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा

9
SHARES
61
VIEWS
Oplus_16908288

कैलाली । वीरेन्द्र विद्या मन्दिर क्याम्पस व्यवस्थापन समिति अध्यक्ष पदका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ।

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम उम्मेदवार नामावलीअनुसार अध्यक्ष पदमा दयाराम संज्याल, जगदिश्वर पण्डित र धनञ्जय प्रसाद रिमालले उम्मेदवारी दिएका छन्।

निर्वाचन समितिका अनुसार संज्यालको मतदाता क्रमांक ५४, पण्डितको ५५ र रिमालको ५६ रहेको छ।

अध्यक्ष पदका तीनै उम्मेदवार चुनावी मैदानमा उत्रिएसँगै क्याम्पस व्यवस्थापन समितिको नेतृत्वका लागि प्रतिस्पर्धा रोचक बनेको छ।

क्याम्पस व्यवस्थापन समितिको निर्वाचन असोज १० गते हुने तय भएको छ। निर्वाचनमा बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित