टीकापुर, २५ माघ । कैलाली–१ का उम्मेदवार न्यौपानेको टिकापुरको पर्यटन, सांस्कृतिक र आधुनिक विकासमा प्रतिबद्धत कैलाली निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार द्वारिका प्रसाद न्यौपानेले टीकापुर क्षेत्रलाई पर्यटन, सांस्कृतिक र आधुनिक विकासको केन्द्रका रूपमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाँले आज टीकापुरमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो योजनाबारे जानकारी दिँदै टिकापुर पार्कलाई अत्याधुनिक पार्कको रूपमा विकास गर्ने, टिकापुर क्षेत्रलाई **‘कर्णाली करिडोर’ अवधारणाअनुसार ‘डर होइन, रहर’**को दृष्टिकोणले व्यवस्थापन गर्ने र सत्तीस्थित पदमप्रकाशेश्वर महादेव मन्दिरसँग जोड्ने योजना रहेको बताउनुभयो।
विशेषत: टिकापुर नगरपालिका वडा नम्बर ७ मा रहेको पदमप्रकाशेश्वर महादेव मन्दिरदेखि कर्णाली चिसापानीसम्मको तटबन्धनलाई व्यवस्थित गर्दै कर्णाली करिडोरको परिकल्पना गरिएको छ।
यस करिडोरमार्फत यस क्षेत्रका सबै पर्यटकीय सम्भावनालाई उजागर गरी टिकापुरलाई पर्यटनको प्रमुख केन्द्रका रूपमा अघि बढाउने लक्ष्य रहेको उहाँले बताउनुभयो।
साथै, उम्मेदवार न्यौपानेले निर्वाचित भएपछि नेपाल सरकारबाट प्राप्त हुने तलब तथा भत्ता विपन्न, असहाय र न्यून आय भएका विद्यार्थीहरूको उच्च शिक्षामा खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँको उद्देश्य पर्यटन, सांस्कृतिक, धार्मिक र शिक्षा क्षेत्रमा दिगो विकासमार्फत स्थानीय जनताको जीवनस्तर सुधार गर्नु रहेको बताइएको छ।



















Discussion about this post