शुभारम्भ अनलाइन टि.भी.

टीकापुर नगरपालिकाद्वारा नवनिर्मित बरघर भवनको भव्य उद्घाटन

6
SHARES
45
VIEWS

टीकापुर,०२ माघ । टीकापुर नगरपालिकाले नवनिर्मित बरघर भवन विधिवत तरीकाले बृहत कार्यक्रमका बीच भव्य रूपमा उद्घाटन गरेको छ। उद्घाटन समारोहका अवसरमा नगरपालिकाभरिका ५७ वटा बरघरलाई सम्मान गरिएको छ।


त्यसैगरी, बरघर भवन निर्माण प्रक्रियामा टिकापुर नगरपालिकालाई सहयोग पुर्‍याउने पत्रकार, समाजसेवी, जनप्रतिनिधि, जग्गादाता लगायत विभिन्न व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो।
नगरपालिकाभर रहेका ५७ वटा बरघरमध्ये हालसम्म पाँचवटा बरघर भवन निर्माण सम्पन्न भई आज उद्घाटन गरिएको हो भने बाँकी ५२ वटा बरघर भवन निर्माणको क्रममा रहेका छन्।

उक्त बृहत कार्यक्रमका बीच टिकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा थारुले औपचारिक रूपमा बरघर भवनको उद्घाटन गर्नुभएको हो।टीकापुर नगरपालिका वडा नम्बर ४ स्थित मौरनियामा आयोजित कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, पत्रकार, समाजका अगुवा, सुरक्षाकर्मी लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित