शुभारम्भ अनलाइन टि.भी.

टीकापुरमा ‘प्रेसिडेन्सियल ग्राजुएट स्कुल करियर फेस्ट–०.२’ सम्पन्न

6
SHARES
44
VIEWS

टीकापुर । विद्यार्थीहरूमा बढ्दो डिजिटल लत, लागू औषध दुरुपयोग र मानसिक स्वास्थ्यसम्बन्धी समस्या प्रति सचेतना फैलाउने उद्देश्यसहित टीकापुरमा ‘प्रेसिडेन्सियल ग्राजुएट स्कुल टीकापुर करियर फेस्ट–०.२’ सम्पन्न भएको छ।

अनुसन्धान आविष्कार केन्द्र सुदूरपश्चिमको आयोजनामा टीकापुर योगशालामा भएको कार्यक्रममा विभिन्न प्लस टु कलेजका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा डिजिटल लत, लागू औषध दुरुपयोग, मानसिक स्वास्थ्य र करियर काउन्सेलिङसम्बन्धी प्रशिक्षण रविचन्द्र ठकुरी लगायतका शिक्षकहरूले प्रशिक्षण दिनुभएको थियो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धिताल, साहारा घर बौनियाका अध्यक्ष बलबहादुर बिष्ट, अनुसन्धान आविष्कार केन्द्र सुदूरपश्चिमका संयोजक सुरज खड्का, अध्यक्ष दिपेन्द्र जोशी, नोबा अस्पतालका मनोचिकित्सक डाक्टर रामप्रसाद लामिछाने, मानसिक स्वास्थ्य परामर्शदाता सुशील चटौट, सुदूरपश्चिम प्रदेश स्वास्थ्य प्रबन्धन केन्द्रका प्रमुख तेजविक्रम शाही लगायतका प्रशिक्षकहरूले विद्यार्थी जीवनमा सचेतना, मानसिक सन्तुलन र सही मार्गदर्शन आवश्यक रहेको बताउनुभयो।
सहभागी विद्यार्थीहरूले कार्यक्रमलाई उपयोगी, ज्ञानवर्द्धक र प्रभावकारी रहेको प्रतिक्रिया दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित