टीकापुर, २७ पुस । टीकापुर प्राज्ञिक समाजको आयोजनामा “टीकापुर प्राविधिक विश्वविद्यालय स्थापना र स्थानीय सरोकारवालाको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम आज आइतबार टीकापुर बहुमुखी क्याम्पसको सभाहालमा सम्पन्न भएको छ।
अन्तरक्रियामा प्राज्ञिक व्यक्तित्वहरू प्रा.डा. जगतबहादुर सिंह रावल, डा.चक्रप्रसाद अधिकारी, नवराज रावल, डा. केशर कुँवर, डा. योगेन्द्र बजगाई, डा. विष्णु विलास अधिकारी, ढविन्द्र रावल, भैरव रावल, भीम राम चपाई, प्रा.डा. माेहदत्त शर्मा, मकर केसी, प्रकाश खड्का लगायतका अगुवाहरूले धारणा राखेका थिए।
वक्ताहरूले टीकापुरमा प्राविधिक विश्वविद्यालय स्थापना भए स्थानीय स्तरमा उच्च शिक्षा, सीप विकास र रोजगारीका अवसर विस्तार भई क्षेत्रको समग्र शैक्षिक तथा सामाजिक–आर्थिक विकासमा टेवा पुग्ने बताएका थिए।
साथै विश्वविद्यालय स्थापनाका लागि स्थानीय तह, नागरिक समाज र सरोकारवालाबीच सहकार्य र निरन्तर पहल आवश्यक रहेकोमा जोड दिइएको छ।



















Discussion about this post