शुभारम्भ अनलाइन टि.भी.

टीकापुरमा नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिता भाेलीबाट सुरुहुने

22
SHARES
157
VIEWS

टीकापुर, ०९ पुस। स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल भन्ने मूल नाराका साथ टिकापुरमा     नगर स्तरीय ब्याडमिन्टन खेलकुद प्रतियोगिता २०८२ आयोजना हुने भएको छ।
टीकापुर ब्याडमिन्टन क्लबको आयोजनामा हुन गइरहेको उक्त प्रतियोगिताले नगरभित्रका खेलाडीहरूलाई प्रतिस्पर्धात्मक वातावरणमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ।

खेलकुदमार्फत अनुशासन, गतिशीलता र विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

प्रतियोगिता २०८२ साल पुस १० गते बिहान ८ बजेदेखि सुरु हुने छ। खेल टिकापुर–१, कैलालीस्थित सिटी हलमा आयोजना गरिने छ। प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले २०८२ साल पुस ९ गते बेलुका ५ बजेसम्म दर्ता गराइसक्नुपर्ने आयोजकले जानकारी दिएको छ।

प्रतियोगितामा सहभागिता जनाउन प्रति टिम रु. १,००० दर्ता शुल्क तोकिएको छ। विजेता टिमलाई नगद पुरस्कारसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। पुरस्कार राशिअन्तर्गत प्रथम हुने टिमले रु. २५,०००, दोस्रो हुने टिमले रु. १५,००० र तेस्रो हुने टिमले रु. १०,००० प्राप्त गर्नेछन्।

खेल नकआउट प्रणालीमा सञ्चालन गरिनेछ भने सबै खेलाडीहरूले Mavis 350 Shuttle प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। ब्याडमिन्टन जुत्ता बाहेक अन्य जुत्ताले खेल्न नपाइने नियम रहेको छ। खेल सम्बन्धी कुनै विवाद आएमा आयोजक समितिको निर्णय अन्तिम हुने जनाइएको छ।
दर्ता शुल्क eSewa वा Phone Pay मार्फत भुक्तानी गर्न सकिनेछ।

सहभागी शुल्क बुझाएका टिमहरूलाई मात्र ड्रमा समावेश गरिने आयोजकले स्पष्ट पारेको छ।
प्रतियोगितामा सहभागी भई खेलकुदको विकासमा योगदान दिन नगरभित्रका सम्पूर्ण खेलाडीहरूलाई आयोजकले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित