शुभारम्भ अनलाइन टि.भी.

टीकापुरबाट रिभरसाइड यातायात प्रा.लिकाे ‘नमस्ते टीकापुर A/C बस सेबा

86
SHARES
612
VIEWS

टीकापुर, ३ मंसिर  ।  रिभरसाइड यातायात प्रा.लि.ले ‘नमस्ते टीकापुर A/C बस’ भिआइपी सिल्पर सोफा बस नामक लक्जरियस एसी बस सेवाको औपचारिक शुभारम्भ गरेको छ।

यातायात प्रणालीले एक कार्यक्रमका बीच आधुनिक र सुबिधासम्पन्न यात्रालाई लक्षित गर्दै कम्पनीले आजदेखि टीकापुरबाट काठमाण्डाेका लागी नियमित रूपमा एसी बस सेवा सञ्चालनमा ल्याएको घोषणा गरेको हो।

नयाँ सेवामा भिआइपी सोफा सेट, आरामदायी सिट व्यवस्था, तथा सिल्पिङ सुविधा रहेको छ, जसले यात्रुहरूलाई लामो दूरीको यात्रा सहज र सुखद बनाउने उद्देश्य राखिएको यातायात प्रा.लि.ले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि टीकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा थारुले रिबन काटेर उक्त बससेवाको औपचारिक उद्घाटन गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख डगौराले आधुनिक सुविधा जोडिएको यस सेवाले टीकापुरका यात्रुहरूलाई गुणस्तरीय र सुरक्षित यात्राकाे अनुभव दिलाउने विश्वास गर्दै कम्पनीलाई बधाई तथा शुभकामना ब्याक्त  गर्नुभयाे ।

स्थानीय  सरोकारवाला, व्यवसायी तथा समुदायका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा रिभरसाइड यातायातले यात्रु–मैत्री, सुरक्षित र व्यवस्थित सेवा निरन्तर विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

रिभरसाइड यातायात प्र.लीका अध्यक्ष गणेशराज ओलीको सभाध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा जानकी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष कमल महतो, टीकापुर उद्योग वाणिज्य संघका उपाध्यक्ष दिपेन्द्र रावल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

त्यस्तै यातायात प्र.लीका उपाध्यक्ष जयरूप बुढाले स्वागत गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन रिभरसाइड यातायात प्रालीका कार्यालय प्रमुख चन्द्र प्र आचार्यले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित