टीकापुर-२७ कार्तिक । टीकापुर ३ घिया पुछरी स्थित हिमालय माध्यमिक विद्यालयले वार्षिक सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाइ सम्पन्न गरकाे छ । सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाइ प्रतिबेदनमा शैक्षिक, आर्थिक र भौतिक अवस्थाको प्रतिवेदन सार्वजनिक गरेको छ। शैक्षिक सत्र २०८०/०८१ मा पढाइ भएका दिन,परीक्षा सञ्चालन, तलब–भत्ता खर्च, अनुदान र अन्य खर्च तथा बैंक मौज्जात लगायतका विवरण स्पष्ट रूपमा प्रस्तुत गरिएको छ।
शिक्षक अभिभावक संघका अध्यक्ष निरपति चौधरीको सभा अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा टीकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नरेश अवस्थी प्रमुख अतिथि रहनुभएको थियो।
विद्यालयका प्रधानाध्यापक बुद्धिराम चौधरीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा शिक्षा समिति सदस्य जोगी रावल, कर्णाली माध्यमिक विद्यालय टीकापसरका प्रधानाध्यापक धर्मराज शर्मा , विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य नवराज पौडेल लगायतले आफ्ना भनाइहरु राख्नुभएको थियो ।
आर्थिक तथा भौतिक प्रतिवेदन प्राविधिक समितिका संयोजक तुलाराम चौधरीले सार्वजनिक गर्नुभएको थियो भने उक्त कार्यक्रमको सञ्चालन शिक्षक सीताराम चौधरीले गर्नुभएको थियो।



















Discussion about this post