टीकापुर,०५ बैशाख । बालबालिकाहरूलाई मन्टेस्वरी विधिबाट थप अनुशासित बनाउन अभिभावकहरूको पनि भूमिका रहन्छ भन्ने विषयमा सप्तऋषि माध्यमिक विद्यालयले आज एक कार्यक्रमका बीच मन्टेसोरी विज्ञ र अभिभावकहरुसँग अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।
कैलाली जिल्लाको टीकापुरमा अवस्थित सप्तऋषि माध्यमिक विद्यालयले शुक्रबार शैक्षिक सत्र २०८१ सालको परीक्षाफल प्रकाशित गर्ने क्रममा उक्त कार्यक्रमको आयोजना गरेको विद्यालयका प्लस टु संयोजक शिवराम चौलागाईले जानकारी दिनुभयो।
विद्यालय सञ्चालक समिति अध्यक्ष दिनेश कुमार थापाको सभा अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरूले आआफ्नो तर्फबाट सुझाव राख्नुभएको थियो भने विद्यालयको तर्फबाट शिक्षक विक्रम चौधरी , श्रवण चौधरी लगायतका व्यक्तित्वहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो।
विद्यालयका प्रधानाध्यापक लिखराम चौधरीले स्वागत गर्नुभएको उक्त कार्यक्रमको सहजीकरण बाँकेको कोहोलपुर स्थित सीएफटीका प्रशिक्षक हिरा केसी सुवेदीले गर्नुभएको थियो।



















Discussion about this post