शुभारम्भ अनलाइन टि.भी.

कक्षा १२ को नतिजामा टीकापुरमा सप्तऋषि अग्र स्थानमा

141
SHARES
1k
VIEWS

टीकापुर,१८ साउन । राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षाकाे नतिजामा टीकापुर नगरपालिकाकै सर्वोत्कृष्ट जिपिए ल्याएर सप्तऋषि माध्यमिक विद्यालय अग्र स्थानमा आएको छ।

सप्तऋषि माध्यमिक विद्यालयमा अध्ययनरत छात्र अमित  चौधरीले ३.७७ जिपिए ल्याएर यस क्षेत्रकै सर्वोत्कृष्ट भएका छन्।

कक्षा १२ को नतिजा सार्वजनिक भएको केही समयमै विद्यालयले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा आधिकारिक नोटिस निकाल्दै कैलालीको टीकापुर ,लम्कीचुहा  र घोडाघोडी नगरपालिकामै सर्वोत्कृष्ट  नतिजा आफ्नो भएको दाबी समेत गरेको छ।

सप्तऋषि माध्यमिक विद्यालयबाट शैक्षिक सत्र २०७९/८० मा कक्षा १२ को परीक्षामा जम्मा ४८ जना विद्यार्थी सहभागी भएका थिए भने त्यस मध्यबाट १६ जना विद्यार्थी उत्तीर्ण भएको विद्यालय स्रोतले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित