शुभारम्भ अनलाइन टि.भी.

सुरक्षाको चुनौती भन्दै अस्पतालका सेवाहरू ठप्प

19
SHARES
133
VIEWS

टीकापुर,०७ साउन। टीकापुर अस्पतालले सुरक्षाको चुनौती भन्दै आकस्मिक सेवा बाहेक ठप्प पारेको छ । केही व्यक्तिहरुले अस्पतालमा प्रवेश गरी डर धम्की दिएको भन्दै अस्पतालले आज एक विज्ञप्ती जारी गरी सेवा ठप्प पारेको जनाएको छ ।

विज्ञप्तीमा सो समूहले अस्पतालमा प्रवेश गरी व्यवस्थापन समितिका अध्यक्ष, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई गाली बेइज्जती गर्नुका साथै हातपातको प्रयास गरेको उल्लेख छ ।

असुरक्षित महशुस भएको भन्दै स्वास्थ्यकर्मीहरुले घटनामा संलग्नलाई कानूनी कारवाही नभएसम्म काम गर्न नसकिने विज्ञप्तीमा उल्लेख गरेका छन । साथै उनीहरुले आफूहरुलाई सुरक्षाको प्रत्याभूति गराईदिन हुन सम्बन्धित सरोकारवालाहरुसँग माग गरेका छन ।

घटना अनुसार यही असार १ गते राति करिव सवा दश बजे स्थानीय पदमबहादुर बोहोरा उपचारका लागि अस्पताल पुगेका थिए । उनको आकस्मिक कक्षमा उपचार भएको थियो । उनी मधुमेह र उच्च उक्तचापको दीर्घ बिरामी रहेको विज्ञप्तीमा भनिएको छ ।

बोहोरालाई अस्पतालले थप उपचारका लागि अन्यत्र रेफर गरेको थियो । उनको उपचारका लागि धनगढी जाने क्रममा निधन भएको बताईएको छ ।
उनको निधन आफन्तले चिकित्सकको गलत उपचारका कारण भएको दावी गरेका छन । उनीहरुको विरोध पछि सो घटनाका बारेमा अध्ययन गर्न छानविन समिति नै गठन भएको थियो । विज्ञप्ती अनुसार समितिले घटनाको छानविन गरिरहेको छ ।

तिनै मृतक बोहोराका आफन्तले अस्पताल हाता भित्र प्रवेश गरेर गाली गलौज र हातपातको प्रयास गरेको विज्ञप्तीमा उल्लेख छ ।

उता मृतकका आफन्तका अनुसार आफूहरूसँग भएको सम्झौताको कार्यान्वयन समयमै नहुँदा आन्दोलन गर्नुपर्ने अवस्था आएको तर गाली गलौज र हातपातको प्रयास नगरेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित