शुभारम्भ अनलाइन टि.भी.

टीकापुरमा निःशुल्क आँखा शिविर सम्पन्न

8
SHARES
56
VIEWS

चैत्र २६ टीकापुर । कैलाली जिल्लाको टीकापुर नगरपालिकामा एक दिने निःशुल्क आँखा शिविर सोमबार सञ्चालन भएको छ। टिकापुर नगरपालिका स्थित खड्ग स्मृति माध्यमिक विद्यालयमा केन्द्र बनाएर जनसम्पर्क केन्द्र र टीकापुर बहुमुखी क्याम्पसद्वारा संयुक्त रुपमा आयोजित उक्त आँखा शिविरमा टिकापुर स्थित श्रीकृष्ण आँखा अस्पतालले प्राविधिक सहयोग गरेर सञ्चालन भएको थियो ।

सोमबार बिहान ८ बजे औपचारिक रुपमा जनसम्पर्क केन्द्रका संयोजक नाथुराम चौधरीको सभाध्यक्षतामा उक्त कार्यक्रम सञ्चालन भएको थियो।

उक्त कार्यक्रममा केन्द्रका सदस्यहरू नवराज पाण्डे, सुरेश कुमार बम चुणामणी वैद्य राम प्रसाद तिवारी लगायतका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

संयोजक नाथुराम चौधरीको सभाध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख अतिथि खड्ग स्मृति माध्यमिक विद्यालयका प्रधानाध्यापक केशर बहादुर रावल रहनु भएकाे थियाे । प्रमुख अतिथि रावलले आफ्नाे आखा जाँच गराएर शिविरकाे उद्घाटन गर्नु भएको थियाे ।

जनसम्पर्क केन्द्रका सदस्य नवराज पाण्डेले सञ्चालन गर्नुभएको कार्यक्रममा संयोजक तथा सभापति नाथुराम चौधरीले यस कार्यक्रमका बारेमा प्रकाश पार्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित