शुभारम्भ अनलाइन टि.भी.

देवकोटा बन्धु समाज कैलालीको चुनाबी साधारण सभा सम्पन्न

4
SHARES
30
VIEWS

मिति २०८० साल चैत २४ गतेका दिन देवकोटा बन्धु समाज जिल्ला कार्य समिति कैलालीले जिल्लाभित्र विभिन्न ठाउँमा छरिएर रहेका देवकोटा बन्धुहरुको भेला टीकापुर स्थित रेयुकाई भवनको सभा हलमा देवकोटा बन्धु समाज कैलालीका निवर्तमान अध्यक्ष काशिराम देवकोटाको अध्यक्षतामा आम बन्धुहरुको उपस्थितिका साथ नयाँ जिल्ला कार्य समितिको गठन गरी चुनाबी साधारण सभा सम्पन्न भयो ।
सुदूरपश्चिम प्रदेस सभा सदस्य माननीय तुलसी देवकोटाज्यूको प्रमुख आतिथ्यमा सम्पन्न चुनाबी साधारण सभामा विशिष्ट अतिथिमा क्रमश: देवकोटा बन्धु समाजका केन्द्रिय कोषाध्यक्ष श्री राजेन्द्रप्रसाद देवकोटा, देवकोटा बन्धु समाजका केन्द्रिय सदस्य (अछाम निवासी) श्री कृष्णप्रसाद देवकोटा, देवकोटा बन्धु समाजका केन्द्रिय सदस्य (वीरेन्द्रनगर सुर्खेत निवासी) श्री ताराप्रसाद देवकोटा र देवकोटा बन्धु समाजका केन्द्रिय सल्लाहकार सदस्य
श्री इश्वरीप्रसाद देवकोटा रहनुभएको थियो ।
अतिथिहरुमा: धनगढी निवासी नेकपा एमाले पार्टीका पूर्व जिल्ला अध्यक्ष समाजसेवी श्री दीपकप्रसाद देवकोटा, देवकोटा बन्धु समाज कैलालीका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद देवकोटा, देवकोटा बन्धु समाज सुदूरपश्चिम क्षेत्रका पूर्व अध्यक्ष श्री शुभनाथ देवकोटा, देवकोटा बन्धु समाज अछामका जिल्ला अध्यक्ष श्री नवराज देवकोटा, टीकापुर नगरपालिकाका पूर्व उपमेयर श्री केशरी रावल विष्ट, देवकोटा बन्धु समाजका जिल्ला सल्लाहकार सदस्य श्री रघुराज देवकोटा, श्री टंकप्रसाद देवकोटा, देवकोटा बन्धु समाजका जिल्ला सल्लाहकार सदस्य तथा भजनी नगरपालिका पूर्व मेयर श्री छाया देवकोटा, उद्योग वाणिज्य सङ्घ अतरिया कैलालीका निवर्तमान अध्यक्ष
श्री अशोक देवकोटा, माण्डव्य समाजका पूर्व अध्यक्ष हेमन्त भण्डारी (माण्डव्य), नेउपाने समाजका जयप्रसाद नेउपाने, रेग्मी समाजका टिकाराम रेग्मी र सुवेदी समाजका तुलसीराम सुवेदी लगायतका महानुभावहरु रहनुभएको थियो ।

प्रमुख अतिथिद्वारा पानसमा दीप प्रज्वलन गरी उदघाटन गरिएको उक्त कार्यक्रमको स्वागत मन्तव्य गोविन्द देवकोटाले गर्नुभएको थियो भने कार्यक्रमको उदेश्यमाथि प्रकास चेतराम देवकोटाले पर्नुभएको थियो । कार्यक्रमको सन्चालन सप्तराज देवकोटाले गर्नुभएको थियो ।
कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि , विशिष्ट अतिथि र प्रमुख अतिथिले कार्यक्रम सफलताको शुभकामना दिदै आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो । यसैगरी देवकोटा बन्धुहरुको उद्गमस्थल अछाम जिल्ला ढकारी गापा वडा नं ८ मा गत वैशाख १८ देखि २४ सम्ममा भएको श्री मद्भागवत सप्ताह ज्ञान महायज्ञको आयव्यय विवरण प्रतिवेदन देवकोटा बन्धु समाज अछामका जिल्ला अध्यक्ष श्री नवराज देवकोटाले सार्वजनिक गर्नुभएको थियो भने देवकोटा बन्धु समाज कैलालीको आयव्यय प्रतिवेदन प्रस्तुत समाजकी कोषाध्यक्ष गौरी देवकोटाले गर्नुभएको
थियो ।
देवकोटा बन्धु समाज कैलालीको चुनावी साधारण सभाले तपसिलबमोजिमका पदाधिकारी रहेको नवनिर्वाचित जिल्ला कार्य समितिको चयन गरेको छ ।
१. अध्यक्ष: चेतराम देवकोटा
२. उपाध्यक्ष: गोविन्द देवकोटा
३. सचिव : सप्तराज देवकोटा
४. कोषाध्यक्ष: गौरी देवकोटा
५. सहसचिव: मणिराज देवकोटा
६ सदस्यहरु: गोकर्ण देवकोटा, रुकमिणी देवकोटा, गंगाराम देवकोटा, अशोक देवकोटा
चन्द्रप्रसाद देवकोटा, डम्बरा जैशी देवकोटा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित