टीकापुर–२३ माघ । पछिल्लो समय टीकापुर नगरपालिका सरसफाईको विषयमा सक्रिय देखिएको छ। टीकापुर नगरपालिकाका जनप्रतिनिधि सरसफाई शाखाका कर्मचारी नगर प्रहरी सहितकोटोलीले सरसफाईका स–साना काम कारबाहीहरु अगाडि बढाइरहेको छ।
मङ्गलबार टीकापुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मोहन बि.क,वातावरण सरसफाई शाखाका प्रमुख लाेक बहादुर बुढा, नगर प्रहरी इन्चार्ज पहल शाह कमान्डमा नगर प्रहरी र अन्य कर्मचारीहरूको टोलीले बजार क्षेत्रको सिद्धार्थ चोक देखि खडक चाेक सम्मकाे बन्द भएको नालीकाे पानी सुचारु गर्नका लागि नगरपालीकाकाे जेसिवि प्रयाेग गरेर काम सुरु गरेकाे हाे ।
वडाध्यक्ष बि.कका अनुसार जनताको चासो गुनासो र जनप्रतिनिधिकाे कर्तव्य बमाेजिमका कामहरुमा नगरपालिका र वडा कार्यालय सकारात्मक रहेकाे बताउनुभयाे ।
स्थानीय व्यापारी तथा समाजसेवी सन्जय भण्डारीले नगरपालिकाले स–साना कामबाट विकास सुरु गर्नुपर्ने सुझाव दिँदै सरसफाईका स–साना कामबाट सुरुवात गरेकोमा धन्यवाद दिनुभाे।




















Discussion about this post