टीकापुर–१६ माघ । टीकापुरमा गठन भएका टोल विकास संस्थाले वैधानिकता पाएका छन्।
टिकापुर नगरपालिकामा हालसम्म गठन भएका जम्मा १६८ वटा टोल विकास संस्थामध्ये सोमबार ६ वटा टोल विकास संस्थालाई नगरपालिकाले दर्ता गरेर वैधानिकता दिएको हाे।
सघं संस्था तथा टोल विकास संस्था गठन गर्ने कानुन र ऐनमा टेकेर यी संस्थाहरुलाई दर्ता प्रक्रियामा ल्याइएको संघ संस्था हेर्ने शाखाका फोकल पर्सन अमृता रावलले जानकारी दिनुभयो ।
फोकल पर्सन रावलका अनुसार पहिलो चरणमा दर्ता भएका विभिन्न ६ वटा टाेल बिकाश संस्थालाई नगर प्रमुख रामलाल डगाैरा थारु र प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर बिष्टले प्रमाणपत्र तथा विधान हस्तान्तरण गरेको बताउनुभयो ।
नगर प्रमुख थारुले विकासका लागि यस्ता सङ्घसंस्थाले स्थानीय सरकारलाई विभिन्न क्षेत्रमा सकारात्मक भूमिका खेल्ने र समाजमा रहेका विद्यमान समस्यालाई ऐनाको रुपमा देखाउमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयाे।
टोल विकास संस्थाले वैधानिकता पाएसँगै अझै राम्रा काम गर्न सहज हुने बताउनुहुन्छ दुर्गानगर टोल विकास संस्थाका अध्यक्ष टिकाराम रेग्मी ।



















Discussion about this post