शुभारम्भ अनलाइन टि.भी.

विद्यालय कर्मचारी संगठनको टीकापुरमा समिति गठन

350
SHARES
2.6k
VIEWS

टीकापुर–०६ पुस । टीकापुरमा अखिल नेपाल  विद्यालय कर्मचारी संगठनको टीकापुरमा नयाँ समिति गठन भएको छ। संगठनका केन्द्रीय महासचिव वीरेन्द्र खड्काको उपस्थितिमा भएकाे भेलाले सुमित कोइरालाको अध्यक्षतामा ९ सदस्य समिति गठन गरेको हो ।

शनिबार टीकापुरको कर्णाली माध्यमिक विद्यालयमा भएको कार्यक्रमले समितिको उपाध्यक्षमा पवित्रा बिक, सचिवमा बलिराम बि क, सहसचिवमा सर्मण चौधरी, सदस्यहरूमा एलिना रेग्मी, बलबहादुर चौधरी, गरिबलाल चौधरी र नैनबहादुर महत्व चयन हुनुभएको छ।

जाेगी रावलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा माओवादी केन्द्रका  टीकापुर नगर कमिटी सदस्य धर्म बिष्ट, जन्मराज रेग्मी, धनञ्जय ढुङ्गाना, किरण धिताल, हृदयराज रेग्मी लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै उक्त कार्यक्रमको सञ्चालन अमित चौधरीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित