नेपाली काँग्रेसका स्वर्गीय नेता रुपराज तिमिल्सिनको १५औं दिनको पुण्यतिथिमा सोक सभा तथा श्रद्धाञ्जली तिमिल्सिना समाज जिल्ला कार्यसमिति कैलालीले अछाम जिल्लाका तत्कालीन तिमिल्सैन गाविस अध्यक्ष तथा नेपाली काँग्रेसका स्वर्गीय नेता रुपराज तिमिल्सिनको १५औं दिनको पुण्यतिथिमा सोक सभा तथा श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।
तिमिल्सिना समाजका जिल्ला अध्यक्ष पुष्पाराज उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा तिमिल्सिना समाजका केन्द्रिय सदस्य नमराज उपाध्याय, ब्रहामण समाजका केन्द्रिय सदस्य झनकराज तिमिल्सिना, काँग्रेस नेता धिजराज रेग्मी, उदयराम अधिकारी, गगनसिंह ठकुलला लगाएतले बोल्नुभएको थियो ।
उहाँका जेठा छोरा पुर्णप्रकाश तिमिल्सिनाले स्वर्गीय बावुको जिवनी बारे बोल्नु भएको थियो । स्वर्गीय तिमिल्सिना २०४९ सालमा गाविस अध्यक्ष हुनुभएको थियो । उहाँ नेपाली काँग्रेसको क्षेत्रीय सभापति र पटकपटक महाधिवेशन प्रतिनिधि हुनुभएको थियो ।
स्वर्गीय तिमिल्सिना हाल टीकापुर नगरपालिका वडा नम्वर १ नयाँ टीकापुर स्थित बस्दै आउनुभएको थियो । स्वर्गीय तिमिल्सिनाको चार छोरा चार छोरी छन् ।



















Discussion about this post