शुभारम्भ अनलाइन टि.भी.

केरा व्यवसायी शाहको आयोजनामा निशा प्राप्ती तथा माघी मिलन कार्यक्रम

5
SHARES
34
VIEWS

 कैलाली–२५ पुस । टीकापुर नगरपालिका वडा नम्बर १ का सुकुम्बासी भूमिहीन दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबास र बाढीपीडित लगायतका भूमिहीन सुकुम्बासीहरूलाई  स्थानीय सरकार टीकापुरले निशा वितरण गरेको खुसियालीमा कृष्ण बागवानी केरा फर्म प्रा.लीका सञ्चालक विनोद शाहले एक कार्यक्रम गर्दै चियापान तथा निसा प्राप्तिको खुसियालीमा मागी पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सञ्चालन गरेका छन ।

प्रा‍.लीका सञ्चालक विनोद शाहको अध्यक्षतामा टीकापुर स्थित आफ्नै केराबारीमा मङ्गलबार उक्त कार्यक्रम गर्दै सुकुम्बासी बस्तीका सबै बडघर सुकुम्बासी भूमिहीन दलित सुकुम्बासी समन्वय समितिका पदाधिकारी र विभिन्न टोलका समाजसेवी पत्रकार जनप्रतिनिधि लगायतका व्यक्तित्वहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रममा समन्वय समितिका अध्यक्ष पूर्ण बहादुर खड्का, समन्वय समितिका निवर्तमान अध्यक्ष अर्जुन शाही, समितिका उपाध्यक्ष चेतराम चौधरी, समितिका महासचिव रूप लाल बि क, कर्णालेश्वर आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष नन्द्र भण्डारी, समाजसेवी जयसुर सार्की, मान बहादुर रसाइली, भीमादेवी टमट्टा, दन्त शाही, नेकपा माओवादी केन्द्रका नेता प्रकाश सिंह टमट्टा लगायतले आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो

शाहले आयोजना गरेको उक्त कार्यक्रममा सहभागी सम्पूर्णले प्रशंसा गरेका थिए भने उक्त कार्यक्रमको सञ्चालन समितिका सचिव कृष्ण चौलागाईले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित