भाद्र ३०, टीकापुर । जनरोजगार श्रमिक सहकारीको प्रथम साधारणसभा सम्पन्न भएको छ । कैलाली जिल्लाको टीकापुर नगरपालिकामा प्रधान कार्यालय भएको जनरोजगार श्रमिक सहकारीको आज प्रथम चुनावी साधारणसभा सम्पन्न भएकाे हाे ।
संस्थका अध्यक्ष खुसीराम चौधरीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख अतिथि टीकापुर नगरपालिकाका उपप्रमुख खडक बहादुर शाह रहनुभएको थियो ।
त्यस्तै उक्त कार्यक्रमका अतिथीहरुमा निर्वाचन समिति संयाेजक शिवराम चाैलागाई, निर्वाचन समिति सदस्य दयराम संज्याल,नन्द बहादुर केसी, जानकी गाउँपालिका वडा नम्बर २ का पूर्व वडाध्यक्ष रामकृष्ण थारु, पूर्व कार्यपालिका सदस्य अक्कल बहादुर माझी, सहकारी जिल्ला सदस्य जय कृष्ण चौलागाई, लगाएतका व्यक्तिहरुको उपस्थिती रहेको थियो।
आज सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव अमित कुमार चौधरीले गर्नुभएको थियो ।
साे चुनावी साधारणसभाले खुशिराम थारूको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति र तीन सदसीय लेखा सुपरिवेक्षण समिति चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्ष नवराज पौडेल, सचिव अमित कुमार चौधरी, कोषाध्यक्ष बिमला बटाला थापा, सदस्यहरूमा जय कृष्ण चौलागाई, हर्क बहादुर घर्ति, नन्दकला आउजी, अगुन प्रसाद चौधरी, विष्णु देबि बि.क चयन हुनुभएको हाे ।
त्यस्तै लेखा सुपरिवेक्षण समितिकाे संयाेजकमा अक्कल बहादुर माझी र सदस्यहरुमा तेजु प्रसाद थारु,सुमन देवी सुनार चयन हुनुभएको छ।




















Discussion about this post