शुभारम्भ अनलाइन टि.भी.

विरेन्द्र विद्या मन्दिर क्याम्पसको क्याम्पस सभा सम्पन्न

18
SHARES
126
VIEWS

गुठियार प्रमुख एवं क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष नवराज रावलकाे अध्यक्षतामा विरेन्द्र विद्या मन्दिर क्याम्पसको चुनावी क्याम्पस सभाकाे समुद्घाटन समारोह  सम्पन्न भएको छ ।

प्रमुख अतिथिको आसनबाट बोल्दै सुदुरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्रि कमल बहादुर शाहले  नेपालका विभिन्न विश्वविद्यालयहरु मध्ये एक विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय भएकाे र त्यसमा पनि QAA सर्टिफिकेट प्राप्त क्याम्पस बिशेष हुने भएकाले यसलाई कायम राखिराख्नका लागी सबै एक ठाउँमा आएर सङ्कल्प गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै मुख्य मन्त्री शाहले फरक विषयमा कुरा गर्दै  नेपालको सुदुरपश्चिम प्रदेशको बडिमालिका जस्तो प्रसिद्ध धार्मिक स्थलको उचित व्यवस्थापनका विषयमा आफू अबको  दुईतीन दिनभित्रै गम्भीर भएर लाग्ने बताउनुभएको छ । क्याम्पसका पूर्व अध्यक्ष ललित थापा शिवले  बडिमालिकामा झण्डै दुई केजी सुन र लाखौं रुपियाँ नगद दान हुने रकमको हिसाब किताब नभएको भन्ने कुरामा आफ्नो  ध्यान केन्द्रित भएको भन्दै विशेष धन्यवाद दिँदै  त्यसमा आफू  सकारात्मक भएर लाग्ने विश्वास समेत गर्नुभयो ।

उक्त कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका नीति तथा योजना आयोगका सदस्य प्रा.डा.जगत बहादुर रावलले वीरेन्द्र बहुमुखी क्यामपसको चौतर्फी विकासमा सबै एक  हुनुपर्नेमा जोड दिनुभयो।

क्याम्पस सभाका विशिष्ट अतिथि तथा टीकापुर नगरपालिकाका पूर्व नगरप्रमुख तपेन्द्र वहादुर रावलले अबको शिक्षाको हप टीकापुर हो भन्ने विषयमा हाम्रो बौद्धिक विषय र बौद्धिक क्षमताको बहस हुन जरुरी रहेको बताउनुभयो । टीकापुमा रहेका २ वटा कृषि क्याम्पस मा जम्मा सिटमा पुरा विद्यार्थी संख्याकाे आवेदन नपरेकोमा चिन्ता व्यक्त गर्नुभयो । यसमा  हामी काहाँ  कसरी चुकिरहेका छौं भन्ने विषयमा हामीले आत्मा आलोचना गर्नुपर्ने समय आएको पनि बताउनुभयो ।

टीकापुर नगरपालिका उपप्रमुख खड्क बहादुर शाहले टीकापुरका सपना र समस्या सबैका साझा समस्या र सपना भएको बताउनुभयो। त्यस्तै टीकापुर विकासका लागि विभिन्न  क्षेत्रमा अलि हतारमा चिन्ता हुने गरेको पनि बताउनुभएको छ । चिन्ता हुनु स्वाभाविक हो त्यसमा अलिबढि हतार र चिन्ता भएको भन्दै यस विषयलाई राम्ररी बुझेर मात्र चिन्ता गर्न र सामाजिक सञ्जालमा लेख्न समेत आग्रह गर्नुभयो  । टीकापुर नगरपालिकाको इ चार्ज पाेइन्ट आउने तर दोस्रो चरणमा आउने बताउनुभएको छ । यो  विषयमा हतारमै टिकाटिप्पणी भएको र हतारमा टिकाटिप्पणी नगर्न समेत  आग्रह गर्नुभयो ।

क्याम्पसको क्याम्पस सभामा बोल्दै जनकी गाउँपालीका पुर्व अध्यक्ष प्रदिप चाैधीले आफु बाहालमा हुदा यस क्याम्पसकाे लागि सहयाेग गरेकाे र अझै सक्दाे सहयाेग गर्न तयार रहेकाे बताउनुभयाे ।

उक्त कार्यक्रमका बाेल्दै नेपाली काँग्रेसका क्षेत्रीय सभापति प्रकाश शाहले  नेपालमा रोजगारी नभएका कारण  उच्च शिक्षा पढ्न नेपालका लाखौं विद्यार्थी जापान कोरिया बेलायत अमेरिका जस्ता सुगम देशहरूमा पलयन हुनु परेकाे  बताउनुभयाे ।

आगमी कार्यकालकालागि क्याम्पस व्यवस्थापन समिति चयन हुन भएको चुनावी क्याम्पस सभामा नेकपा एमालेका टीकापुर नगर अध्यक्ष धुर्व खत्रि, नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्र देउखाेरी, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर संयोजक रविन्द्र विष्ट , नागरिक उनमुक्ति पार्टीका नेता गोपाल थापा, नेपाल समाजवादी पार्टीका जिल्ला अध्यक्ष बीरेन्द्र साउँद, टीकापुर बहुमुखी क्याम्पस प्रमुख ढबेनद्र रावल, विरेन्द्र विद्यामन्दिर उच्च मा.विका प्रधानाध्यापक फणेन्द्रराज रेग्मी, प्राध्यापक स‍‌ंघ इकार्इ सभापति क्षेत्र दर्लामी मगर, सोबियु सभापति नबिन अधिकारी लगायतले आफ्नो भनाई राख्नुभएको थियो ।

प्रगति प्रतिवेदन  क्याम्पस प्रमुख हर्क बहादुर भण्डारीले प्रस्तुत गर्नुभएको उक्त  कार्यक्रममा स्वागत मन्तब्य मातृका तिमिल्सिनाले राख्नुभएको थियो भने उक्त कार्यक्रमको संचालन  क्याम्पस का साहायक क्याम्पस प्रमुख दण्डपाणी पोख्रेलले  गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित