भाद्र १७, टीकापुर । कैलालीकाे टीकापुर अस्पतालमा सुष्मा कोइराला मेमोरियल अस्पताल को प्राविधिक सहयोग टीकापुर नगरपालिका र टीकापुर अस्पतालको साझा प्रयासमा ४ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । जलेका तथा जन्मजात रुपमा अङ्गभङ्ग भएका बिरामीहरुका लागि चार दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हाे ।
यहि आउदाे असाेज ७ गते देखि चार दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो । नगरपालिकाको आयोजनामा भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उक्त कार्यक्रम का सभाअध्यक्ष समेत रहनुभएका टीकापुर नगरपालिकाका का.बा नगरप्रमुख तथा नगर उपप्रमुख खडक शाहाले यस्ता खाले स्वास्थ्य शिविरको साथसाथै यो सम्बन्धि उपचार कक्षकाे समेत व्यवस्था गर्नुपर्नेमा नगरपालिकाकाे तर्फबाट आफु तत्पर रहेको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै डाक्टर के.एम भण्डारीले २६ वर्ष पुरानो अस्पताल को स्थापना गिरिजाप्रसाद कोइरालाकी श्रीमती को आगलागीपछि मृत्यु प्रश्चात उनकी छाेरी सुजता कोइरालाले जर्मन अध्याल गर्न गएको बेला जर्मन सरकारको सहयोगमा स्थापना भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै डाक्टर भण्डारीले नेपालमा प्रत्येक वर्ष ५ हजार ४ सय जनाकाे जलनका कारण बिरामी पर्ने गरेको बताउनुभयो डाक्टर भण्डारीले टीकापुरमा गत समयमा भएका शिविरहरुमा २ सय भन्दा बढी बिरामीहरूको सहभागी रहेको बताउनुभयो ।
त्यस्तै उक्त कार्यक्रममा बोल्दै जाेशिपुर गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चौधरीले आजको आवश्यकता स्वास्थ्यनै भएकाले जलनबाट हुने जोखिमलाई न्यूनीकरण गर्दै जनचेतना मुलक कार्यक्रम बनाउँदै र उपचार कक्ष पनि छुट्टै संचालन गर्नमा आफ्नो पालीका सकरात्मक रहेको बताउनुभयो ।
टीकापुर नगरपालिकाको सभाहलमा भएको उक्त कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख बल बहादुर रावलले गर्नुभएको थियो ।



















Discussion about this post