शुभारम्भ अनलाइन टि.भी.

टीकापुरमा एकदिने शिक्षक तालिम सम्पन्न

1.2k
SHARES
6.6k
VIEWS

टीकापुर, ११ साउन / टीकापुर प्याब्सनको आयोजना तथा Allied Publication काठमाण्डाेको आर्थिक सहयोगमा बिहीबार टीकापुरको सिद्धार्थ होटलमा एकदिने गणित शिक्षकलाई तालिम संचालन भएको छ ।

टीकापुर प्याब्सनका अध्यक्ष मानबहादुर थापाको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रमका प्रमुख अतिथि  सुदूरपश्चिम प्याब्सनका  अध्यक्ष डम्मर बहादुर साेडारी, बिशिस्ट अतिथी पुस्तक ब्यावसायि संघ टीकापुरका पूर्व अध्यक्ष बिरेन्द्र रावल, त्यसैगरी विशिष्ट अतिथि Aallied Publicationका काेडिनेटर बिनाेदराज उपाध्यय,  प्रशिक्षक तथा Allied Publication cdc लेखक नवराज पाठक लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमकाे सञ्चालन  टीकापुर प्याब्सनका सचिव रमेस बहादुर शाहीले गर्नुभएको थियो भने साे एक दिने तालिमले समाज रूपान्तरण सहितको शिक्षामा परिवर्तन हुनुपर्ने र समय सान्दर्भिक सिकाइ तथा विद्यार्थीहरूको अभिरुचि र विद्यार्थी मुखी हुनु पर्ने लगायतका कुराहरुमा केन्द्रित भएर तालिम सञ्चालन हुने प्रशिक्षक पाठकले बताउनुभयाे ।

उक्त तालिममा टीकापुर भित्रका संस्थागत विद्यालयका सम्पूर्ण गणित शिक्षकहरूको उपस्थिति रहेको थियो । कार्यक्रमका आयोजक तथा सप्तऋषि माध्यमिक विद्यालयका प्रमुख निर्देशक शिवराम चौलागाईले यस्ता खालका तालिमकाे आयाेना भैरहदा विद्यार्थीहरूको सिकाइका लागि शिक्षकहरुलाई  नयाँपन दिन र शिक्षकहरुले विद्यार्थीकाे सिकाइमा नयाँ विधिहरु अवलम्बन गरी अधुनिक शिक्षाको स्तर बढाउन सक्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित