शुभारम्भ अनलाइन टि.भी.

सर्पले टोकेका ८ वर्षे बालकको सफल उपचारपछि टीकापुरमा अर्का बालककाे उपचार हुदै

650
SHARES
5.7k
VIEWS

 टीकापुर ३० असार / याे वर्षको माघ महिना यता टीकापुर अस्पतालको तथ्याङ्क अनुसार ४६ जना सर्पले टाेकेका बिरामीले अस्पताल बाट सेवा लिएको  अस्पताल व्यावस्थापन समिति अध्यक्ष  झपट सोडारीले जानकारी दिनुभयो ।

टीकापुर अस्पतालमा माघदेखि चैतसम्म ९ जना विरामीहरुले उपचारको सेवा लिएका छन् भने बैशाख र जेष्ठ मात्रै ५/५ जना ले उपचारको सेवा लिएकाे तथ्यांक छ ।

त्यस्तै असार महिनामा मात्र २७ जना बिरामीहरु आएको तथ्यांक मा लेखेको छ । यसमध्ये बाट छ जनालाई विषालु सर्पले टोकेको र  बाँकी २१ जनालाइ साधारण सर्पले टाेकेकाे  अस्पताल स्रोतले जानकारी दिएको छ ।

विषालु सर्पले टोकेका  ६ जना मध्ये १  जना ८ बर्षिया बालकाे सफल उपचार गरेर घर पठाइएको छ । भने त्यसैगरी एकजना ६ बर्षिया बालकाे बालकको उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ ।

तेस्तै अस्पतालबाट उपचार सम्भ हुदा हुदै पनि बिरामाका आफन्तकाे आग्रहमा  ४ जना बिरामिलार्इ अस्पतालबाट रिफर गर्नुपरेको  बताइएको छ ।अस्पतालमा कार्यरत डाक्टर धनलक्ष्मी गिरीका अनुसार तराईमा विशेष गरेर दुई प्रकारका सर्प ले टोक्ने गरेको पाइएको बताउनुभएको छ ।  साझकाे झिसमिसे र विहानको मिर्मिरेमा  टोक्ने सर्प भनेको काेब्रा सर्प रहेको बताउनुभयो । यसले टोकेको हतसम्म थाहा हुने र उपचार  गर्न सहज हुने बताउनुभएको छ ।

करेच भन्ने सर्प टोकेको थाहा नहुने र यसले टाेकेको थाहा नभएपछि उपचारमा पनि कठिनाई हुने डाक्टर गिरीले बताउनुभयो ।

अस्पताल व्यवस्थापन समिति अध्यक्ष अनुसार यो वर्ष टिकापुर अस्पतालमा उपचार गर्ने आएका ४६ जना मध्ये जटिल  छ जना बिरामिकाे उपचार सफल भएको बताउनुभयो यो सफल हुनुमा विशेषज्ञहरूको टोलीले दिनरात नभनिकन खटेर  उपचार गर्नुको प्रतिफल रहेको समेत बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित