शुभारम्भ अनलाइन टि.भी.

भागवत सप्ताह ज्ञान महायज्ञ–२०८०’ सम्पन्न

4
SHARES
28
VIEWS

टीकापुर १४ जेठ/  टीकापुरस्थित कैलाशेश्वर शिवमन्दिर पुननिर्माण र कैलाशेश्वर वेद विद्याश्रमको स्तरोन्नति गर्ने उद्देश्यले जेठ ७ गतेदेखि शुरु भएको ‘श्रीमद् भागवत सप्ताहा ज्ञान महायज्ञ–२०८०’ शनिबार सम्पन्न भएको छ ।
महायज्ञ समापन कार्यक्रम लाई सम्बोधन गर्दै टीकापुर नगरपालिका का उपप्रमुख खडग बहादुर शाहले महाअभियानको शुरुवात भएको बताउँनुभयो ।

‘‘कुनै कुराको शुरुवात हुनु भनेको आधासम्म पु¥याउनु हो,’’उपप्रमुख शाहले भन्नुभयो , ‘‘अभियान शुरुवात लक्ष्य अनुसार प्रारम्भ भएको छ , संस्थाको क्षमता अनुसार सहयोग बचन बद्धता प्रकट गर्छु ।

उहाँले मन्दिर निर्माण साझा संकल्प भएकाले साझा संकल्पलाई सबै मिलेर पत्ते गर्न सकिन्छ भन्नु भयो ।‘‘ धर्म संस्कृति लाई पुस्ता हस्तान्तरण गर्न सकिरहेका छौ कि छैनांै भन्ने बारेमा बहस हुनुपर्छ ,’’ शाहले भन्नुभयो, ‘‘ युवा पीढि कता बरालि रहेको छ खोजी गर्न जरुरी छ ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित