शुभारम्भ अनलाइन टि.भी.

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता भन्छन्- २ किलो सुनले जलहरीको बेल्ट बनाएको तथ्यांक भएन, बिल पनि भेटिएन

4
SHARES
30
VIEWS

 

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले २०७७ फागुनमा पशुपतिमा सुनको जलहरी राख्दा जलहरीको बेल्ट राखेको तथ्यांक र बिल नभेटिएको बताएका छन्।

शुक्रबार दिउँसो सञ्चारकर्मीसँग कुरा गर्दै उनले फागुन ११ गते १०६.८२ किलो सुनको जलप लगाइएको बताए।

‘२ किलो जतिको बेल्ट बनाएर एक सातापछि राखिएको थियो। कहिले राखियो ठ्याक्कै मिति थाहा भएन,’ उनले भने,‘पछि बेल्ट बनाएर राखिएको तथ्यांक भएन। त्यसको बिल पनि भेटिएन।’

पशुपतिको सुनको जलहरीका विषय अहिले संसदमा प्रवेश गरेको छ।

जेठ १० गतेको संसद बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले पशुपति सुनको जलहरी राख्ने भनेर पित्तल राखेर भ्रष्टाचार भएको बताएका थिए।

उनको उक्त अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै एमाले सांसदहरूले शुक्रबारको बैठक अवरूद्ध गरेका हुन्।

सरकारले पशुपतिको जलहरी सुनको हो कि पित्तल भन्ने छानबिन गर्नुपर्ने, सांसद दाहालको भनाइ संसदको रेकर्डबाट हटाउनु पर्ने र उनले माफी माग्नु पर्ने एमालेको माग छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित