टीकापुर, १४ चैत्र । टीकापुर नगरपालिकाको करिब १० लाख बजेटबाट निर्माण भएको टीकापुर उज्यालो कार्यक्रम अन्तर्गतको खड्क चोक मा रहेको पहिलो हाइ माक्स लाइट हिजाे राती बाट खराबि आएको छ ।
इलेक्टाेनिक्स सामानहरूको नियम अनुसार एक वर्ष ग्यारेन्टी सामान बनाउने कम्पनीको जिम्मामा हुने गरेको हुन्छ । त्यसमा पनि टेन्डर प्रक्रियमा बनेको हुनाले धरौटी समेत रहने व्यवस्था रहेको छ ।
टीकापुर नगरपालिकाको उज्यालो टीकापुरको काम नसकिँदै विभिन्न रुपमा यस कार्यक्रमको विरोध हुँदै आएको छ । केहि दिन अगाडी मात्रै पाँच वटा थप लाइट जडान भएका थिए । यसमा लागेको रकम अलि बढी खर्चिलो भएको भनी नगरपालिकाका नागरिकहरूको गुनासो समेत भएको छ ।



















Discussion about this post