शुभारम्भ अनलाइन टि.भी.

टीकापुर साहित्य महोत्सवकाे सुझाव संकलन

11
SHARES
77
VIEWS

टीकापुर, १३ चैत्र । क‌ैलालीको टीकापुर नगरपालिकामा पहिलो पटक ‘टीकापुर साहित्य महोत्सव ’ आयोजना हुने भएकाे छ । टीकापुर साहित्यक समाजको आयोजनामा उक्त महोत्सव हुँदै छ। ‘ टीकापुर साहित्य महाेत्सव ’ का लागि आाइतबार टीकापुरमा सुझाव संकलन तथा अन्तर्क्रिया कार्यक्रम  टीकापुरस्थित हाेटल सिर्द्धार्थमा सम्पन्न भएकाे हाे ।

सुझाव संकलन तथा अन्तर्क्रिया कार्यक्रमा उठेका सुझावका आधारमा टीकापुकाे  सिटी हलमा उक्त कार्यक्रम गर्ने निर्णय गरेिएको छ । टीकापुर साहित्य समाजका अध्यक्ष एबम‌‌ मदन पुरस्कार बिजेता साहित्यकार महेश विक्रम शाहकाे अध्यक्षताको रूपमा बोल्दै टीकापुरमा २०७२ पछिकाे समयमा बिग्रेकाे सामाजिक सदभावलाई मिलाउनका लागि र विभिन्न साहित्य सृजनालाई स्थान दिनका लागि उक्त कार्यक्रमको आयोजना हुन लागेकाे बताउनु भयाे । कार्यक्रममा बाेल्दै साहित्यकार  शाहले सुदुर पश्चिम प्रदेशका सबै सम्भावनाहरुलाई साकार पार्न सबै लाग्नु पर्नेमा जाेड दिदै  । आफ्नाे संक्षिप्त कार्यपत्र प्रस्तुत गर्दै नेपाली भाषा र साहित्यकाे प्रादुर्भाव भयकाे क्षेत्र सुदुरपश्चिमकाे दक्षिण – पुर्वी क्षेत्र कर्णाली नदीकाे किनारमा रहेकाे टीकापुरमा साहित्य आयाेजना लागेकाे उनले बताउनु भयाे ।

राष्ट्रिय स्तरका कलाका  तथा विभिन्न सिर्ष नेताहरू पनि उक्त कार्यक्रममा सहभागी हने स्राेतले जनएकाे छ । कार्यक्रमकाे प्रमुख अतिथि  सुदुरपश्चिम प्रदेश नीति तथा याेजना आयाेगका सदस्य प्रा.डा. जगतबहादुरसिंह रावलले साहित्य महाेत्सवले टीकापुरकाे सम्भावनाहरु लाई उजागर गर्ने विश्वास व्यक्त गर्नुभएकाे छ ।

उक्त कार्यक्रममा आफ्नो सम्बोधन राख्दै जानकी गाउँपालिका अध्यक्ष गणेश चाैधरीले आफ्नो नीति तथा कार्यक्रममा साहित्य कार्यक्रम गर्ने योजना रहेको र त्यो कार्यक्रम जानकी गाउँपालिकामा गर्ने मन भएता पनि पहिलाे पटक टीकापुरमा आयोजना भइरहेको उक्त कार्यक्रमलाई यो पटक सहयोग गर्ने  बताउनु भएकाे छ।

त्यसैगरी, उक्त कार्यक्रममा आफ्नो सम्बोधन राख्दै टीकापुर ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक उद्धब सिंह भाटले आफ्नो कार्यकालमा यस्तो कार्यक्रम आयोजना हुन पाउदा खुसी व्यक्त गर्दै उक्त कार्यकमाका लागि आफ्नो  तथा कार्यालयको तर्फबाट पुर्ण सहयोग रहने बताउनु भयाे ।

बाैध्दिक समुहकाे सहभागि रहेकाे साे अन्तरक्रिया कार्यक्रममा समाज सेवि तथा नेपाली कांग्रेसका नेता नवराज रावल, क्यम्पस प्रमुख केशर बहादुर कुवँर, नागरिक समाज टीकापुरका संयाेजक भिमराम चपाइ लगायतले आफ्नाे सुझाव राख्नु भएकाे थियाे ।

कार्यक्रमकाे सञ्चालन बाबू देवकाेटाले गर्नु भएकाे थिए । ‘ टीकापुर साहित्य महाेत्सव ’ चैत २५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित