शुभारम्भ अनलाइन टि.भी.

टीकापुरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न नेता शाहले दिय रकम

1.3k
SHARES
2.1k
VIEWS

 

टीकापुर ०२ चैत्र । ” रक्तदानको लागि सधैं अगाडि बढौ रक्तदान नै जीवनदान हो त्यसैले रक्तदान गरौं ” भने नाराका सथ विहिबार नेपाल विद्यार्थी संघ प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुर कैलाली र नेपाल विद्यार्थी संघ सुदुरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय कार्यसमितिको संयुक्त आयोजना तथा नेपाल युथ रेडक्रस टीकापुर उपशाखाको प्राविधिक सहयोगमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् । कार्यक्रमको सम्पूर्ण खर्च आफ्नो जन्मदिन परेकाले तरुण दलका नेता निराजन विक्रम शाह ज्यूले बेहोर्नु भएको छ । कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा टीकापुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष रामबहादुर भण्डारी, विशिष्ठ अतिथि टीकापुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सन्तोष खड्का ज्यू, अतिथि मानस विष्ट , कल्पेश कुँवर , प्रवीण राणा, निराजन विक्रम शाह, आयुष विक्रम शाही लगायतका नेताहरु हुनुहुन्थ्यो।

विभिन्न काराणवस हाल देखिएको रगतको आवश्यकतालाई केही हदसम्म सहजता ल्याउने उद्देश्यले रत्तदान कार्यक्रम गरिएको थियो। कार्यक्रममा रक्तदान गर्नुहुने सम्पूर्ण प्रति आभारी  समेत रहरेकाे आयाेजक ले जनायकाे छ। हजुरहरुको एक थोपा रगतले कसैलाई जीवनदान दिन सक्छ। रक्तदाताहरुलाई नेपाल रेडक्रस सोसाईटी टीकापुर उपशाखा द्वारा सम्मान स्वरूप प्रमाण पत्र पनि प्रदान गरिएको थियो। नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखालाई पनि विशेष धन्यवाद दिइयकाे थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित