शुभारम्भ अनलाइन टि.भी.

 १ नम्बर वडा स्तरीय कराँते प्रतियोगिता सम्पन्न

5
SHARES
39
VIEWS

 कैलाली २० फानुन । टीकापुर नगरपालिका वडा नम्बर १ को आयोजनामा र आर्थिक वर्ष २०७९/८० सालको ७५ हजार बजेटबाट थलिएकाे कराते प्रतियोगिता टीकापुरमा आज सम्पन्न भएको छ ।

सानाेमा २० के जी र ठूलोमा ६५ केजी तौलमा कराँते प्रतियोगिता आज टीकापुरमा सम्पन्न भएको हाे ।  उक्त प्रतियोगीताको प्रथम मा  १४ गाेल्ड  सिहत टीकापुर सितोरियो कराते एकेडेमी  तेस्तै ४ गाेल्ड प्राप्त गदै दाेस्राे  स्थानमा  दुर्गौली डाे‍ जाे र १ गाेल्ड सहित तृतिय स्थानमा  मनिकापुर डाे जाे रहेकाे  खेलाडी  कल्पेस कुवँरले जानकारी दिनुभएको छ ।

आज टिकापुरको सिटी हलमा सम्पन्न भएको प्रतियोगिताको सभापति बबर जंग शाहि रहनुभएको थियो भने उक्त कार्यक्रममा प्रमुख अतिथि  वडा नम्बर १ का अध्यक्ष मोहन वि क,  बिशिस्ट अतिथी आठौं गाेल्डमेडलिस्ट अन्तर्राष्ट्रिय खेलाडी मकेन्द्र बहादुर सिंह‌ , टीकापुर इलाका प्रहरी कार्यालयका प्रमुख डि एस पि उद्धव सिंग भाट रहनुभएको थियो ।

त्यस्तै विशिष्ट अतिथिमै करातेका संस्थापक गुरु झपर कुवँर  रहनुभएको बताइएको छ । अतिथिहरुमा वडा नं १ का निवर्तमान वडा अध्यक्ष गंगाराम आचार्य, समाजसेवी तथा नेता हरी प्रसाद तिमिल्सिना ,बक्सिङ खेलाडी दिपेन्द्र शाहि ,खेलाडी अनिल चौधरी ,राजेस चाैधरि , प्रशिक्षक पुस्कर शाहि,दिपेन्द्र चाैभरी, नारायण साउँद,  साहिल चौधरी, मदन महतारा ,उज्यालो शिक्षा सदन का कराते प्रशिक्षक आशाराम चौधरी लगायतका व्यक्तित्वहरुको  सहभागियता रहेकाे थियाे ।

खेलाडी कल्पेस कुवँरले स्वागत मन्तब्य राख्नु भएको उक्त उद्घाटन कार्यक्रममा टीकापुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राम बहादुर भण्डारी, अभिभावक तथा माउन्ट सैपाल स्कुलका लेखपाल जनक बटाला , कालु सिंह ताम्राकार , समाजसेवी तथा पत्रकार गोविन्द कोइराला  लगायतका अतिथिहरुले आफ्नो भनाइ राख्नुभएको थियो ।

सिटी हलमा सम्पन्न भएको उक्त प्रतियोगिता उद्घाटन कार्यक्रमको सन्चालन गीता कुवँर रावलले  गर्नुभएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित